वाग्मती, १५ साउनः वाग्मती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा अस्वस्थ हुनुभएको छ । उहाँको स्वास्थ्यमा अचानक समस्या आएकाले आज अपराह्नका निम्ति निर्धारित नवनियुक्त मन्त्रीहरुको शपथ कार्यक्रम स्थगन भएको हो ।
प्रदेशका प्रमुख देवकोटा आज बिहान उपचारका लागि काठमाडौँ प्रस्थान गर्नुभएकाले अर्काे सूचना प्रकाशन नभएसम्मका लागि शपथको कार्यक्रम स्थगन भएको प्रदेशप्रमुखको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार प्रदेशसभा सदस्यहरु गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारणमन्त्रीमा नियुक्त गरी शपथका लागि प्रदेशप्रमुखसमक्ष सिफारिस गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्