आज कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन हुँदै

बागमती, १४ साउन : नेपाली कांग्रेस बागमती प्रदेशमा बहादुरसिंह लामाले संसदीय दलका नेताको हैसियत गुमाएपछि संसदीय दलमा आज नयाँ नेता चयन हुने भएको छ ।

संसदीय दलका नेता चयन गर्न आज बिहान १०ः०० देखि ११ः०० बजेसम्म उम्मेदवारी दर्ता र अपराह्न २ः०० देखि ३ः०० बजेसम्म मतदान हुने कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्