नेताहरु प्रति लक्षित ब्याङ्ग्य ‘मिसन नौटंकी’

काठमाडौँ ९ साउन । बिगतका वर्षहरुमा झै यो वर्ष पनि हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर पानवाला’ले ‘गाइजात्रा’लाई लक्षित गर्दै हास्यब्याङ्ग्य सामाग्री बजारमा ल्याएका छन् । उनले नेताहरुलाई ब्याङ्ग्यको झटारो प्रहार गर्दै गाईजात्रे कमेडी कोसेली ‘मिसन नौटंकी’ ल्याएका हुन् ।

‘मिसन नौटंकी’मा उनले देशमा सबैको चासो र चिन्ताको विषय भष्टाचार र नेताहरुको गलत क्रियाकलाप उठाएका छन् । उनले पछिल्लो समय जुनै दलको नेताहरुले भन्ने गरेको ‘मिस चौरासी’का बिषयलाई समेत नौटंकीको रुपमा संख्या दिदै तिखो ब्याङ्ग्य गरेका छन् ।

नेताहरुको क्रियाकलाप र समाजका बिकृति बिसंगतीमाथि ब्याङ्ग्य गर्दै दर्शक तथा स्रोतालाई हास्यब्याङ्ग्यको माध्यमबाट विशुद्ध मनोरञ्जन दिने उद्देश्यले ‘मिसन नौटंकी’ सार्वजनिक गरेको कलाकार रिजालले बताए ।

हरेक बर्ष जस्तै यो पटक पनि उनले आफ्नो ‘गाईजात्रे’ कोसेलीमा प्यारोडी समेटेका छन् ।

यसपटक उनले हिट फिल्म ‘जाजै जात्रा’को गीत ‘लाईदेउ माया पिरिम’मा प्यारोडी बनाएका छन् । जसमा रवि लामिछानेको जेल, नेताहरुको क्रियाकलाप, भष्टचार, लुटपाट लगायतको बिषय उठान गरेका छन् । बिसं २०६१ देखि नियमित ‘जाइजात्रे’ कोसेली ल्याउदै आएका रिजालको ‘मिसन नौटंकी’ २२ औं कोसेली हो ।

‘मिसन नौटंकी’मा रिजालको अलवा राधिका हमाल, प्रेम शर्मा पौडेल, सबित्रा लामिछाने ‘सबु’, धिरेन्द्र सिंह, किरण खनाल, बेदमणी अधिकारी, बलराम धमला ‘ठुले दाई’, सबिना बिक, भिम परियार, र बालकलाकार पोस्ना श्रेष्ठको अभिनय छ । ‘मिसन नौटंकी’ लेखन, प्रस्तुति र निर्देशन रिजाल आफैले गरेका हुन् ।

भिमसेन स्थापना दिवस भव्यताका साथ मनाउने तयारीललितपुर ८ साउन । सुनाकोठी क्षेत्रको विकास तथा ललितपुरलाई नै साँस्कृतिक एवं धार्मिक र पर्यटकीय स्थलका रुपमा बिश्वसामु परिचित गराउन थालिएको छ।

यहि उदेश्यले सम्भवत विश्वकै सबैभन्दा अग्लो आराध्यदेव भिंद्यो अर्थात भीमसेनको आठौं स्थापना दिवस तथा भिं द्यो पुजा भाद्र १ गते आइतबार हुने भएको छ ।

आयोजक सुनाकोठी समाजका बिनोद डङ्गोलले सुनाकोठी समाजले वार्षिक रुपमा आयोजना गर्दै आएको भीमसेन जात्रालाई भविष्यमा पनि निरन्तरता दिइने बताएसुनाकोठीमा भव्य तामझामका साथ आठौं वार्षिक उत्सव मनाउने तयारी अन्तिम चरणमा समेत रहेको आयोजक समितिका सदस्य रुपेश डंगोलले जानकारी दिए ।

सदस्य डंगोल गायक पनि हुन् । उनले दर्जनौ गीतसंगीतमा आवाज भरेका छन् ।चन्द्रागिरी, मच्छेगाउँको एउटा खोंचबाट ल्याइएको ६० टनको एउटै सिङ्गो ढुङ्गाबाट भीमसेनको मूर्ति बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्