महिला युरो कपमा स्पेन र इंग्ल्याण्ड भिड्ने

काठमाडौं, ९ साउन । युइएफए महिला युरो कपमा स्पेन र इंग्ल्याण्ड भिड्ने भएका छन् ।
विहिबार भएको खेलमा स्पेनले जर्मनलाई १–० ले हराउदै फाइनलमा पुगेको हो । त्यसैगरी, यसअघि नै इंग्ल्याण्डले इटालीलाई २–१ ले हराउँदै फाइनलमा पुगिसकेको छ ।

विहिबार भएको खेलमा ऐताना बोनमाटीको अतिरिक्त समयमा गरिएको गोलले जर्मनीलाई १–० ले हराउँदै स्पेन फाइनलमा पुगेको हो । स्पेनले इंग्ल्यान्डसँग फाइनल खेल्नेछ ।

पछिल्लो विश्व कप यीनै दुई टोलीले प्रतिस्पर्धा गरेका थिए । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । दुईपटक बलन डि’ओर जितेकी बोनमाटीले १ सय १३औं मिनेटमा गोलकिपर एन–क्याट्रिन बर्गरलाई छक्याउँदै गोल गर्दै टोलीको फाइनल यात्रा तय गरेकी हुन् ।

अन्तिम केही क्षणमा जर्मनीले दबाब तीव्र बनाएको थियो, तर गोलकिपर काटा कोलले लिया शुलरको प्रहार रोक्दै स्पेनलाई इतिहासमा पहिलोपटक युरोको फाइनलमा पु¥याएकी हुन् ।

अब स्पेनले सरिन विगम्यानको इंग्ल्यान्डसँग २०२३ को विश्व कप फाइनलमा जस्तै युरोको उपाधिका खेल्ने भएका छन् । त्यति बेला स्पेनले ओल्गा कार्मोनाको पहिलो हाफको गोलमार्फत १–० ले जितेको थियो ।

बुधवार दुवै टोलीले निर्धारित समयमा गोल गर्न सकेनन् । स्पेनले गोलपोस्ट र बर्गरको उत्कृष्ट प्रदर्शनका कारण गोल गर्न नसकेको हो । जर्मनीले पहिलो हाफमा क्लारा बुल र जियोभाना हफ्मानमार्फत अवसर गुमायो ।

मध्यान्तरपछि स्पेनले बल नियन्त्रणमा राख्न सफल भए तापनि जर्मनीको रक्षापंक्ति अझै सशक्त देखियो । फ्रान्सविरुद्ध क्वार्टरफाइनलमा १० खेलाडीमा सीमित भएर १०० मिनेटभन्दा बढी खेलेको जर्मनी फेरि पनि सुदृढ रह्यो ।

 

प्रशिक्षक क्रिस्टियन वुकको टोलीले ९० मिनेट सकिनुअघि नै निर्णायक गोल गर्ने निकै नजिक पुगेको थियो ‌। तर सफल भने हुनसकेन् ।

यसैगरी, साविक विजेता इंग्ल्याण्डले युइएफए महिला युरोको फाइनल पुगेको छ । फेरि एक पटक अविश्वसनीय पुनरागमनका साथ अतिरिक्त समयमा इटालीलाई २–१ ले हराउँदै इंग्ल्याण्ड उपाधि नजिक पुगेको हो । मिचेल अजेमेंगले इन्जुरी समयको छैंटौं मिनेटमा बराबरी गोल गर्दै इंग्ल्याण्डलाई खेलमा कायम राखिन् ।

अतिरिक्त समयको एक मिनेट बाँकी हुँदा अर्की विकल्प खेलाडी क्लोइ केलीले गरेको गोल खेलको निर्णायक बन्यो । आफैले प्रहार गरेको पेनाल्टीको रोकेपछि रिबाउन्ड केलीले गोलमा गर्दै टोलीको फाइनल यात्रा तय गराइन् ।

स्विजरल्याण्डमा वैकल्पिक खेलाडीले फेरि एक पटक उच्च प्रदर्शन गर्दा सारिना विगम्यानको टोलीले आफ्नो उपाधि रक्षा गर्ने योजनाबाट पछि हट्नु परेन ।

१९ वर्षिय अजेमेंगले प्रतियोगितामा दोस्रो गोल गरेकी हुन् । दुबै पटक बेन्चबाट मैदान छिरेर उनले गोल गरेकी हुन् । उनले गोलकिपर लारा जुलियानीलाई छकाउँदै गोल गरिन् ।

३३ औं मिनेटमा बारबरा बोनान्सियाले गोल गर्दै इटालीलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि इंग्ल्याण्डकी प्रशिक्षक विगम्यानले आफ्नो भरपर्दो बेन्च खेलाडीमा भरोसा गरिन्। उनीहरुले अपेक्षाअनुसार प्रदर्शन गरे ।

अब विगम्यानले प्रशिक्षकको रूपमा लगातार तेस्रो युरो उपाधि जित्ने प्रयास गर्नेछिन् । उनको टोली लगातार तेस्रो ठूलो प्रतियोगिताको फाइनलमा पुगेको छ। यसपटकको यात्रा झन् चुनौतीपूर्ण रह्यो । फाइनल खेल आइतवार बासेलमा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्