काठमाडौँ २० असार । प्रधानमन्त्री ओली साँझ ५ बजे काठमाडौँ आइपुग्ने छन् । स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने क्रममा आज कतारको दोहा प्रस्थान गरेको छ । प्रधानमन्त्री ओली मेड्रिडस्थित अडोल्फो सौरेज बराजाज विमानस्थलबाट स्थानीय समयअनुसार राति ११ बजे दोहा प्रस्थान गरेको हो ।
स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त ९फाइनान्सिङ फर डेभलपमेण्ट० चौथो अन्तरर्राष्ट्रिय सम्मेलन’ मा सहभागी भई मेड्रिडका कार्यक्रम सकेर प्रधानमन्त्री ओली स्वदेश फकिन लागेको हो । गत असार १४ गते स्पेनको औपचारिक भ्रमणमा प्रधानमन्त्री ओली आएको थियो ।
प्रतिक्रिया दिनुहोस्