माओत्से गुरुङको फिल्म ‘पेन्सनपट्टा’मा दयाहाङ

काठमाडौँ, १९ असार । कलाकार माओत्से गुरुङको फिल्म ‘पेन्सनपट्टा’मा दयाहाङ अनुबन्धित भएका छन् । गुरुङले आफ्नो आगामी निर्देशकीय फिल्म ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राईलाई मुख्य भूमिकामा अनुबन्धित गरेको हो । उनले यसअघि दयाहाङलाई लिएर फिल्म ‘दयारानी’ बनाएका थिए, जुन बक्स अफिसमा हिट रहेको थियो ।

निर्देशक गुरुङले दोस्रो सहकार्यलाई अझै परिस्कृत ढंगले अगाडि बढाउनुका साथै अर्को एउटा उत्कृष्ट फिल्म दर्शकलाई पस्किने प्रयास रहने बताएका छन् । उनका अनुसार लोभी केटा कसरी दानी बन्छ भन्ने कथामा फिल्म आधारित हुनेछ । आगामी कात्तिक तेस्रो साताबाट फिल्मको छायांकन सुरु गर्ने बताएका छन् ।

माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बन्न लागेको फिल्मको कथा निर्देशक गुरुङ स्वयंले लेखेका हुन् । दयाहाङबाहेक फिल्ममा अरु कलाकार अहिलेसम्म तय भइसकेका छैनन् । यस फिल्मालाई सुसन प्रजापतिले छायांकन गर्नेछन् भने फिल्मलाई पोखरा आसपासमा खिचिने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्