काठमाडौँ, १९ असार । फिल्म ‘ए मेरो हजुर २’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलन बिच यस फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो
यसबर्षको प्रतिक्षित मानिएको चलचित्र ‘ए मेरो हजुर २’ मा नायिका साम्राज्ञी र सलिनको प्रेम कहानी देख्न सकिन्छ । नायिका झरना थापाको निर्देशनमा बनेको फिल्म ‘ए मेरो हजुर २’ को सार्वजनिक भएको ट्रेलरमा फिल्मको मुख्य पात्र सलिन मान बनियाँ र साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेमलाई देखाईएको छ ।
फिल्ममा सलिन र साम्रगीका अलावा सलोन बस्नेत, अम्वर सुबेदी, सुमन पौडेल, अजश्र ढुंगाना, अनुभव रेग्मी, बुद्धि तामाङ, अनुराग कुँवर, वील्सन विक्रम राई लगायतको अभिनय रहेको छ। फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्म ‘ए मेरो हजुर २’ भाद्र १६ गतेबाट प्रर्दशनमा आउने निर्माण पक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्