चितवन, १२ असार । कारागारका मुढाले बजार नपाएपछि मुढा उत्पादन बन्द भएको छ । कारागार कार्यालय चितवनमा तयार गरिएका मुढाले बजार नपाएपछि उत्पादन बन्द गरिएको हो। दैनिक रुपमा उत्पादन हुँदै आएको मुढा बजारमा बिक्री नभएपछि उत्पादन बन्द गरिएको जनाइएको छ ।
मुढा उत्पादन र विक्रिवितरणबाट कैदीबन्दीका लागि जीवनयापनमा सहज भएको थियो । अब मुढा विक्रिवितरण नै नभएपछि केदीबन्दीको व्यवसाय बन्द भएको छ । जसले गर्दा उनीहरुको जीवनयापनसँगै दिन काट्नसमेत कठिन भएको पदमबहादुरले बताए ।
यहाँ उत्पादित मुढा चितवनसहित, कास्की, रुपन्देही, काठमाडौँ, मकवानपुर, नवलपरासीलगायत जिल्लामा बिक्री हुने गरेका थियो । कारागारमा उत्पादित मुढालाई बजार व्यवस्थापनको काम गर्दै आएका प्रेमप्रसाद सुवेदीले गत माघदेखि बजार पाउन कठिन हुँदै आएको बताए । अहिले गोदाममा एक हजार ५०० लोकल र स्पेशल ४०० बढी मुढा रहेका छन् ।
कारागार कार्यालयमा चितवनमा अहिले ७१० जना कैदीबन्दी रहेका छन् । तीेमध्ये ४२ महिला, ६६८ पुरुष र तीन जना आश्रित बालालिका रहेका छन् । ३५ जना महिला कैदीबन्दी र ४७० जना पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको यस कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहँदै आएका कारागार कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्