काठमाडौँ, १० असार । भ्युजिक भिडियो ‘ठिकै छ मेरी प्रिय’को भिडियो सार्वजनिक भएको छ । ड्रागन मोसन पिक्चरको प्रस्तुति रहेको नयाँ गीत ‘ठिकै छ मेरी प्रिय’ को म्युजिक भिडियो शुक्रबार आयोजित एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको हो।
प्रेम, पीडा र द्वन्द्वको भाव समेटिएको भिडियो अनुजा बरालको निर्देशनमा तयार गरिएको हो। भिडियोमा गुरु वसिष्ठ, प्रेम परियार र श्रितिका श्रेष्ठको अभिनय देख्न सकिन्छ भने, गीतमा आवाज पनि गुरु वसिष्ठकै रहेको छ।
गीतका शब्द शेखर थापाले लेखेका हुन् भने दिवेश राईले संगीत दिएका छन्। भिडियोको दृश्य प्रविधि (VFX) सत्यम रानाले तयार पारेका छन्। त्यस्तै, राजेन्द्र मोक्तानले रंग संयोजन र सारथी थापाले छायांकन गरेका छन्। भिडियोलाई सर्वेश शाहले सम्पादन गरेका हुन्।
निर्माण पक्षले गीत र भिडियोले दर्शक तथा श्रोताको मन जित्ने विश्वास व्यक्त गरेको छ।गीतको भिडियो ड्रागन मोसन पिक्चरको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न सकिने छ।
प्रतिक्रिया दिनुहोस्