अवरोधका बावजूद सभामुखले संसद चलाए

काठमाडौँ, ७ असार। संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधका बावजूद सभामुखले संसद चलाएका छन् । सभामुख देवराज घिमिरेले संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले उभिएर विरोध गर्दा गर्दौ संसद्को बैठक अघि बढाएका हुन् ।

प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटको मन्त्रालयगत शिर्षकमाथिको छलफल चलिरहेको छ ।  बैठक सुरु भए लगत्तै रास्वपा र राप्रपाका सांसदहरूले अवरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्