गैरआवासीय राजदूत नियुक्त

काठमाडौँ, ५ असार । मलेसियाका लागि नेपालका राजदूत डा नेत्रप्रसाद तिम्सिनालाई गणतन्त्र फिलिपिन्सका लागि गैरआवासीय राजदूतमा नियुक्त भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले डा नेत्रप्रसाद तिम्सिनालाई संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसरमा आज राजदूत तिम्सिनालाई फिलिपिन्सको गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्