अमरगढी (डडेल्धुरा), ५ असार । शौचालय जाँदा सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु भएको छ । परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको हो ।
जोगबुडास्थित इलाका प्रहरी कार्यालयका प्रमुख सुरेश रोकायाका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो । तत्काल अस्पताल पु¥याइएका निजको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्