काठमाडौँ, ४ असार । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेइले ले डोनाल्ड ट्रम्पलाई युद्ध सुरु भइसक्यो अब इजरायलसँग कुनै सम्झौता गर्दैनौँ भनि जवाफ दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँग विनाशर्त आत्मसमर्पण गर्ने कुरा भनेपछि इरानले यस्तो कडा जवाफ दिएको हो ।
सामाजिक सञ्जाल ‘एक्स’मार्फत ट्रम्पलाई जवाफ दिंदै उनले लेखेका छन्, ‘युद्ध सुरु भइसकेको छ , इजरायलसँग सम्झौता हुनसक्दैन । उनले सामाजिक सञ्जाल बाटै इजरायललाई आतंकवादीको संज्ञा दिंदै इजरायली शासनलाई कुनै किसिमको दया गर्न नसक्ने प्रतिक्रिया दिएका छन् ।
इजरायलले इरानको परमाणु आयोजना र मिसाइल भण्डारण क्षेत्रमा आक्रमण गरेपछि हाल यी दुई देशबीच तनाव बढेको छ । यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई विनाशर्त आत्मसमर्पण गर्न भनेका थिए ।
प्रतिक्रिया दिनुहोस्