संसद्‍मा रास्वपा र राप्रपाको विरोध कायमै, विरोधबीच संसद चल्दै

काठमाडौँ,२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्‍मा विरोध कायमै गरेका छन् । रास्वपा र राप्रापाको विरोधबीच नै सभामुखले संसद सञ्चालन गरिरहेका छन् । रास्वपाका नेताले आफूहरूको माग सम्बोधन नभएको कारण विरोध कायमै राख्ने बताएका छन ।

रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको छ । संसदीय छानबिन समिति गठन हुनुपर्ने रास्वपाको अडान रहेको छ । यी माग पूरा नभएसम्म संसद्‍मा विरोध जारी राख्ने रास्वपाका नेताहरू बताउँछन् । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सत्तापक्षसँग सहमति गरेर संसद्को कामकारबाहीमा सहभागी भएको छ । तर, रास्वपाले गृहमन्त्रीको राजीनामा र संसदीय छानबिनको माग छाडेको छैन ।

प्रतिक्रिया दिनुहोस्