नेपाली चलचित्र ‘राम नाम सत्य’ मा सुपुष्पा भट्ट

काठमाडौँ, १ असार । नेपाली चलचित्र ‘राम नाम सत्य’ मा सुपुष्पा भट्ट अनुबन्धित भएकी छन् । कोरियोग्राफर माइकल चन्दको निर्देशनमा डेब्यु हुँदै गरेको नेपाली फिल्म ‘राम नाम सत्य’ मा कलाकार अनुबन्ध हुने क्रम जारी नै छ। यसअघि अभिनेता विराज भट्ट, सुशील श्रेष्ठ, र अभिनेत्री दिव्या रायमाझी फिल्ममा आवद्ध भइसकेका थिए। अब सोही फिल्ममा अभिनेत्री सुपुष्पा भट्टपनि अनुबन्धित भएकी छन्। निर्माण पक्षले बुधबार उनको औपचारिक रुपमा लिखित सम्झौता गरेको हो।

निर्देशक माइकल चन्दकाले सुपुष्पालाई एक महत्वपूर्ण भूमिकाका लागि अनुबन्ध गरिएको बताए । निर्माण टिमलाई सुपुष्पा जस्तै हाइट भएकी अभिनेत्री चाहिएको र कथाको पात्रमा फिट हुने भएकाले उनलाई यस फिल्ममा उनलाई अनुबन्ध गरेका जनाएको छ ।

हालसम्म फिल्ममा सुपुष्पाको जोडी को हुने भन्नेबारे आधिकारिक रूपमा खुलाइएको छैन। तर, धेरैले अनुमान गरेका छन् कि उनको जोडी विराज भट्टसँग बाँधिन सक्छ, किनभने दुबैको उचाइ मिल्दो छ। यद्यपि, उमेरको अन्तर केही भए पनि उचाइ मिलेकाले पर्दामा राम्रो जोडी देखिन सक्ने निर्माण पक्षको विश्वास छ।

उपेन्द्र शाही, स्वेता विमली, र उत्तम गुरुङ को लगानीमा यो फिल्म बन्ने भएको छ । कार्यकारी निर्मातामा डाक्टर डी।आर। उपाध्याय, टी।आर। गौडेल, र नरेन्द्र शाह रहेका छन्।

एक्सन, लभ र सस्पेन्स प्रधान कथामा निर्माण हुन लागेको यस फिल्मको छायांकन आगामी भदौ महिनाबाट सुरु गरिने तयारी गरिएको छ। फिल्मको छायांकन सुसन प्रजापतिले गर्नेछन्।

निर्माण पक्षका अनुसार केही कलाकारहरू फाइनल भएपछि फिल्मको लाइनअप पूरा हुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्