काठमाडौँ, २७ जेठ । काठमाडौँ महानगरले आयोजना गरेको रोजगार मेलामा १५ हजार व्यक्तिलाई सिपमूलक तालिम दिइने भएको छ । महानगरपालिकाले बेरोजगारको संख्या केही हदसम्म घटाउने र युवाहरुलाई रोजगारीमा मद्धत मिलने उदेश्यले यो मेला सञ्चालन गरेको हो ।
यस मेला अन्तर्गत १५ हजार व्यक्तिलाई सिपमूलक तालिम दिइने र तालिम लिएकामध्ये ५ हजार व्यक्तिलाई रोजगार अथवा स्वरोजगारमा आबद्ध गराउने महानगरको लक्ष्य रहेको छ । उक्त मेलामा १० वटा विधामा ३७ वटा पेसासँग सम्बन्धित तालिम सञ्चालन भइरहेको छ । मेलामा आइसीटी क्षेत्रका ७ वटा पेसा, ब्युटिसियनसँग सम्बन्धित ५ वटा पेसाका तालिम चलिरहेका छन् ।
काठमाडौँ महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत यो सिप मेला सञ्चालन गरिरहेको महानगर प्रमुख बालेन्द्र साहले जानकारी दिए । आर्थिक २०८०÷०८१ बाट सुरु भएको यो मेला अहिले दोस्रो संस्करणमा चलिरहेको छ।
प्रतिक्रिया दिनुहोस्