फिल्म ‘जदौ’मा साम्राज्ञी मुख्य भूमिका

काठमाडौँ, २६ जेठ । नेपाली फिल्म ‘जदौ’मा साम्राज्ञी मुख्य भूमिका देखिने भएकी छन् । नायिका साम्राज्ञी सँग निर्माताले यसै साता लिखित सम्झौता गरेका छन् ।
नयाँ वर्ष २०८२ को अवसरमा बैशाख १ गते स्क्रिप्ट पूजा गरेर फिल्मको टाइटल डिजाइन सार्वजनिक गरिएको थियो । सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्म सामाजिक प्रेमकथामा आधारित भएर बन्ने जनाइएको छ । निर्देशकको बारेमा केही दिनभित्र जानकारी गराइने समिश्रण मुभिजका निर्देशक अन्जन शर्माले बताए ।

आगामी भदौबाट छायांकन सुरु हुन लागेको फिल्मलाई श्याम तामाङ्गले छायांकन गर्ने भएका छन् । बुद्धि माझी निर्माण व्यवस्थापन रहेको फिल्मका गीतमा बाबुल गिरीको संगीत रहनेछ । फिल्मको सह–निर्माताहरूमा ओम चेम्जोङ्ग, राजाराम सुवेदी र शान्ता तामाङ्ग रहेका छन् । फिल्मलाई यसै वर्ष रिलिज गर्ने योजनामा निर्माण टिम रहेको जनाइएको छ । फिल्ममा साम्राज्ञीबाहेक अरू कलाकार निश्चित भएका छैनन् । निर्माण पक्षले अब अरु कलाकारहरुलाई पनि केही दिन भित्रै सार्वजनिक गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्