काठमाडौँ । अमेरिकाबाट थप ५० नेपाली डिपोर्टमा परेकाहरु ४ बजे त्रिभुवन अन्तर्रराष्ट्रिय विमानस्थल काठमाडौँ आइपुग्ने छन् । अवैध रूपमा अमेरिका पुगेका ५० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेर चार्टर फ्लाइट मार्फत आज नेपाल पठाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागु गरेपछि अवैध रूपमा अमेरिका बस्दै आएका नेपालीहरू निष्कासनमा पर्ने गरेका हुन् । यसअघि पनि २०८१ फागुनमा अमेरिकाले ९ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको थियो । अध्यागमनका अनुसार अहिलेसम्म् डिपोर्ट हुनेको संख्या करिब डेढ सय पुग्ने बताएका छन ।
प्रतिक्रिया दिनुहोस्