काठमाडौँ, २१ जेठ । नायिका केकी अधिकारी र निता ढुँगाना फिल्म बनाउने तयारीमा रहेकी छन् । यी दुई चर्चित अभिनेत्री नयाँ फिल्म निर्माणमा जुटेका छन्। केकी अधिकारीले बोक्सीको घर २ केही समयका लागि स्थगन गर्दै चलचित्र विकास बोर्डबाट भद्रकाली र राधा पियारी नामक दुई नयाँ फिल्म निर्माणको अनुमति लिएकी छन्। सोमबार दर्ता गरिएका यी फिल्ममध्ये भद्रकाली मा उनका भाइ विम्ब अधिकारीको निर्देशन रहनेछ भने राधा पियारी को निर्देशन सञ्जय चौलागाईंले गर्नेछन्। दुबै फिल्ममा केकीको मुख्य भूमिका रहनेछ।
उता, नीता ढुंगानाले पनि सोमबार नै एक दुई तीन र सुख दुःख नामक दुई नयाँ फिल्म निर्माणको अनुमति लिएकी छन्। दुबै फिल्ममा उनी निर्माता र कलाकारका रूपमा रहनेछिन्। केही समयअघि उनले आफ्नो सफल फिल्म ह्रस्व दीर्घ को सिक्वेल बनाउने तयारीमा रहेको बताएकी थिइन्, तर हाललाई त्यो प्रोजेक्ट होल्ड गर्दै दुई नयाँ फिल्मको तयारीमा लागेकी छन्।
सोमबार केकी र नीतासहित जम्मा १२ जना निर्माताले चलचित्र विकास बोर्डबाट फिल्म निर्माणको अनुमति लिए, जुन नेपाली फिल्म इतिहासमै पहिलो पटक एकैदिनमा १२ फिल्म दर्ता भएको अभिलेख हो। यसले नेपाली चलचित्रमा निर्माता तथा कलाकारको आकर्षण बढ्दो रहेको संकेत गर्दछ।
प्रतिक्रिया दिनुहोस्