काठमाडौँ, २० जेठ । प्रतिनिधिसभा बैठक ३ घण्टा पर सारिएको छ । सूचना टाँसेर प्रतिनिधिसभा बैठक ३ घण्टा पर सारिएको हो । सत्तापक्ष र प्रतिपक्षीबिच सदन सञ्चालनका सम्बन्धमा सहमति नभएपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो एक बजे लागि सारिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ ।
भिजिट भिसा सेटिङ प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने माग गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्