२० जेठ, काठमाडौं । प्रतिपक्ष दलको बैठकले श्रम ऐन २०६४ पछि भएका गृहमन्त्री सबैलाई भिजिट भिसा प्रकरणमा छानबिन गर्न माग गरेका छन् ।
नयाँ बानेनवर स्थित संसद भवनमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा आज मंगलबार बिहान बसेको बैठकले उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समतिले श्रम ऐन २०६४ पश्चातको समयदेखि हालसम्म भएका गृहमन्त्री माथि छानबिन गर्नुपर्नेमा माग राखेका छन्। श्रम ऐन २०६४ जारी भएपछि बनेका गृहमन्त्री भिजिट भिसा प्रकरण सम्बन्धित छानबिन आयोग बनाउनु पर्ने निर्णय गरिएको हो ।
बैठकले गरेका निर्णयको आधारमा प्रतिपक्ष दलका प्रमुख सचेतकहरू सभामुख देवराज घिमिरेलाई भेट्न गएका छन् ।
प्रतिक्रिया दिनुहोस्