काठमाडौँ, २० जेठ । विपक्षी दलहरूको बैठक नयाँ बानेश्वरमा जारी रहेको छ । आज मंगलबार प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्ष, संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदमा साझा धारणा बनाउने विषयमा छलफल गर्ने माओवादीकेन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
हिजो सोमबार बसेको माओवादी संसदीय दलको बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक जोडिएको भन्दै विपक्षी दलहरूले राजीनामा माग गर्दै लगातार संसद अवरोध गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्