डुम्रे (तनहुँ), २० जेठ । सीपयुक्त बनाउँदै संस्कृति संरक्षण, प्रवर्द्धनसहित स्वरोजगार बनाउने उद्देश्यले जिल्लाको म्याग्दे गाउँपालिकाले पञ्जेबाजा तालिम सञ्चालन गरेको छ । कला, संस्कृतिको संरक्षणसँगै सीपयुक्त बनाउन पञ्चेबाजा तालिम दिइएको हो ।
सीपको अभावमा बेरोजगार रहेका महिला, पुरूषलाई सीपको विकास गरी आत्मनिर्भर बनाउन, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न सीपमूलक पञ्चेबाजा तालिम दिइएको पालिकाले जनाएको छ ।
सीपमार्फत पालिकावासीलाई आत्मनिर्भर बनाउन सहयोग पुर्याउने लक्ष्यसहित म्याग्दे(६ का १९ महिला तथा पुरूषलाई पञ्चेबाजा बजाउने तालिम प्रदान गरिएको पालिकाको आर्थिक विकास शाखाका प्रमुख प्रदीप न्यौपानेले जानकारी दिए । उनले यहाँका युवायुवतीलाई सीप सिकेर आत्मनिर्भर र स्वावलम्बी बनाउने प्रयास थालिएको भन्दै यसले संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण हुने विश्वासका साथ यो तालिम सुरु गरेको बताए ।
गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम(मेड्पा)मार्फत सीप सिकाएपश्चात् उद्यमी बन्नेक्रम बढेको गाउँपालिकाले जनाएको छ । सीप नभएका व्यक्तिलाई सहभागी गराएर सीप सिकाउन पालिका लागिरहेको जनाए ।
सीप सिक्न र उद्यमी बन्न चाहनेका लागि घरधुरी सर्वेक्षण, अभिमुखीकरण र उद्यमशीलता विकास तालिम सञ्चालन गरिएको छ आर्थिक वर्ष । २०८१र८२ मा ६८ जनालाई तालिम प्रदान हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कला, संस्कृतिको संरक्षण, व्रवर्द्धन र पुस्तान्तरणका लागि पञ्चेबाजा तालिम प्रभावकारी हुने बताए। तालिमपश्चात् स्थायीय स्वारोजगार बन्नुका साथै आयआर्जनका स्रोत विस्तार हुँदै जानमा उनी आशावादी रहेका छन् ।
गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम प्रदान गरिएको बताए । रोजगारी नपाई बसेका स्थानीय युवाबाट माग भएबमोजिमका तालिम सञ्चालन गरिएको भन्दै सीप सिकेपछि स्वरोजगारका अवसर वृद्धि हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्