महिलालाई आत्मनिर्भर बनाउन दुई सय ४० वटा बाख्रा वितरण

ढोरपाटन (बागलुङ), १८ जेठ । काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बनाउन बाख्रा वितरण गरेको छ । ग्रामीण क्षेत्रका महिलालाई कृषि र पशुपालनमार्फत उद्यमसँग जोड्नका लागि बाख्रा वितरण गरेको हो । गाउँपालिका र हेफर संस्थाको सहकार्यमा महिलालाई बाख्रा वितरण गरिएको छ ।
यसै साता मात्र काठेखोला –७ रेशमा रहेका सङ्घर्षशील, शुभलक्ष्मी र उद्यमी स्वावलम्बी महिला समूहले उपहार समूहमा आबद्व सङ्घर्षशील, सयपत्री, सुसेली, लगनशील, सूर्यमुखी र शुभलक्ष्मी महिला समूहमा आबद्व सदस्यलाई ५० वटा बाख्रा वितरण गरिएको छ । बाख्रा उपहार पाएपछि महिला खुसी भएका छन् ।

स्थानीय सीमादेवी थापाले बाख्रापालनले जीविकोपार्जनमा सहज भएको बताइन्। उपहार पाएको एउटा बाख्राबाट बढेर दर्जन पुग्न थालेकाले त्यसले घर खर्च चल्नुका साथै परिवार सहज रूपमा चलेको बताइन् । गाउँपालिकाले विगत २ वर्षदेखि यो कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्