जुम्ला, १६ जेठ । जुम्लाको तिला गाउँपालिका–६ मा रहेको घोडे गाउँमा कुटानी–पिसानी मिल सञ्चालनमा आएपछि स्थानीयलाई सहज भएको छ ।
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षको रु १५ लाखबाट सौर्य ऊर्जाबाट सञ्चालन हुने गरी गाउँमा पहिलोपटक मिल सञ्चालन भएको वडाध्यक्ष जङ्ग रोकायाले बताए।
विगतमा मिल नहुँदा यहाँका स्थानीयले कुटानी(पिसानीका लागि दुःख पाउने गरेका थिए । वडाध्यक्ष रोकायाका अनुसार पीठोलगायत अन्य कुटानी–पिसानीका लागि दुई घण्टा हिँडेर जानुपर्ने बाध्यता थियो । हिउँदेयाममा चैत, वैशाख, जेठमा सुक्खा खडेरीका कारण खोला सुकेपछि घट्ट चल्न बन्द हुने गरेकाले छिमेकी गाउँ सुडी, रिपी र कालीकोट जिल्लाको रताड जानुपर्ने बाध्यता थियो । त्यो समस्याबाट स्थानीयले मुक्ती पाएका छन् । अब गाउँमै कुटानी(पिसानी हुन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्