काठमाडौँ, १६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले सर्वदलीय सहमतिको आधारमा देशमा एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्नुपर्ने बताएका छन । बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष थापाले मुलुकको केही राजनीतिक दलका सत्ता स्वार्थका कारण देशको राष्ट्रियता कमजोर बन्न पुगेकाले राष्ट्रवादी शक्ति स्थापित गर्न आफूहरुले समान विचारधारा भएका दल वा समूहहरूसँग सहकार्य गरेको बताए ।
उनले पार्टीले उठाउँदै आएका मुद्दा स्थापित गर्न संयुक्त जनआन्दोलन परिचालन समितिसँग सहकार्य र समन्वय भएको उल्लेख गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रले लिङ्देनले जनताको मुक्ति तथा सर्वाङ्गिण विकासको निमित्त सबै दलहरुले नवीनतम सम्झौता आवश्यक भएकामा जोड दिए । सभा सुरु हुनुअघि विभिन्न क्षेत्रबाट आएका ¥याली सभास्थलमा सहभागी भएको थियो । ¥यालीले सहरका विभिन्न स्थान परिक्रमा गरेका थिए ।
सबै हिसाबले शान्त राजावादीको प्रदर्शनमा छिटपुठ घुसपैठ भएको प्रदर्शनकारीहरूले नै बताएका छन् । घुसपैठ भएको आरोपमा प्रदर्शनकारीले नै पाँच जनालाई समातेर प्रहरीलाई बुझाएका छन् । जसमा एक भारतीय नागरिक समेत छन् ।
भारत बिहारका २३ वर्षीय ब्रिज मोहन रायलाई विद्युत् प्राधिकरण अघिबाट नियन्त्रणमा लिइएको थियो । घुसपैठ ग¥यो भन्दै राजावादी प्रदर्शनकारीहरूले नै उनलाई प्रहरीमा बुझाएका हुन् ।
उनी अहिले प्रहरी वृत्त सिंहदरबारको हिरासतमा छन् । उनी बाहेक डोटीको के. आई सिंह गाउँपालिका–५ राणागाउँ घर भएका २१ वर्षीय पारस राणा, नुवाकोटको बेलकोटगढी नगरपालिका–७ तीनघरे घर भएका २६ वर्षीय आशिष लामा, कैलालीको घोडाघोडी नगरपालिका–१ घर भएका १७ वर्षीय शिवराज जैसी, पर्वतको पैयुु गाउँपालिका–५ का घनश्याम न्यौपानेलाई घुसपैठको आरोपमा नियन्त्रणमा लिइएको छ । न्यौपानेलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । जैसीलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ । बाँकी दुई जना लामा र राणालाई प्रहरी वृत्त जनसेवामा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्