वीरगञ्ज (पर्सा), १५ जेठ । वीरगञ्जमा सञ्चालित मारवाडी प्रिमियर लिग क्रिकेटको उपाधि वीरगञ्ज बार्शसले हात पारेको छ ।
आर्दशनगर रङ्गशालामा हिजो बुधबार राति भएको फाइनल खेलमा वीरगञ्ज बासर्सले टाइटन ११ लाई ६ विकेटले हराउँदै उपाधि जित्न सफल भएको हो । सुरुआती ब्याटिङ गरेको टाइटन ११ ले ४ विकेटको क्षतिमा १५ ओभरमा ७५ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको वीरगञ्जले ७ दशमलव ३ ओभरमा चार विकेट गुमाएर ७८ रनको योगफल तयार पार्दै उपाधि हासिल गरेको हो ।
ता टोलीलाई रु दुई लाख ५१ हजार र प्रमाणपत्र तथा उपविजेता टाइटन ११ लाई पनि नगद रु दुई लाख पुरस्कार र प्रमाणपत्र दिएको हो । उपाधि विजेता तथा उपविजेतालाई वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पुरस्कार प्रदान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्