सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैन : सञ्चार तथा सूचनाप्रविधि मन्त्री गुरुङ

वीरेन्द्रनगर (सुर्खेत) ३० वैशाख ।सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले स्वतन्त्र प्रेसमाथि हस्तक्षेप नगरेको बताएको छ ।

युगआह्वान राष्ट्रिय दैनिकको २५ औँ रजतजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जाल नियमन विधेयकमा समाजका केही वर्गले गलत अर्थ लगाएका टिप्पणी गरे । प्रेस स्वतन्त्रताका नाममा अराजकता बढेको उल्लेख गर्दै उनले यसलाई नियन्त्रण गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए ।

सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा तयारीको क्रममा रहेको उनले जानकारी दिए । साथै उनले ‘‘हाम्रो देशमा प्रेस स्वतन्त्रताको नाममा अराजकता, अनुशासनहीनता बढ्यो, यसलाई नियमन गर्नैपर्छ, त्यसकालागि आम सञ्चार विधेयक बनाउने तयारीमा रहेको बताए ।

सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा तयारीको क्रममा रहेको उनले जानकारी दिए । साथै उनले ‘‘हाम्रो देशमा प्रेस स्वतन्त्रताको नाममा अराजकता, अनुशासनहीनता बढ्यो, यसलाई नियमन गर्नैपर्छ, त्यसकालागि आम सञ्चार विधेयक बनाउने तयारीमा रहेको बताए

मन्त्री गुरुङले सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयक शीघ्र पारित गरिने बताए। अनलाइनका कारण साइबर क्राइम बढेको उल्लेख गर्दै उनले ४० हजारभन्दा बढी त्यससम्बन्धी उजुरी दर्ता भएको छ । सामाजिक सञ्जाल प्रयोग र अभिव्यक्ति स्वतन्त्रताका नाममा समाजमा भ्रम फैलाउन कैसैलाई छुट नभएको मन्त्री गरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्