काठमाडौँ, २८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्थ समूहसँग आफ्नो चिनजान नरहेको बताएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले स्वार्थ समुह (आसेपासे) हरुसँग आफ्नो कुनै चिनजान वा सम्बन्ध नरहेको बताएको हो । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफ दिएपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले उक्त कुरा भनेका हुन् ।
उनले भने, “पुँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो । अहिलेको सरकारले पुँजीवादलाई प्रश्रय दिँदैन । पैसाले होइन, हाम्रा लागि मान्छे महत्वपूर्ण हो ।” भनि प्रस्ट पारेका हुन् ।
प्रतिक्रिया दिनुहोस्