काठमाडौँ, २४ वैशाख । सहिद स्मारक बी डिभिजन लिगमा रानी पोखरी कर्नर टिम (आरसिटी) ले जित हात पारेको छ । मंगलबार भएको रोमाञ्चक खेलमा आरसिटीले च्यासल युथ क्लबलाई ३–२ गोल अन्तरले हराउन सफल भएको हो । आरसिटीको यो लगातार दोस्रो जित हो ।
सातदोबाटोस्थिति एन्फा कम्पलेक्समा भएको खेलको ११ औं मिनेटमा अजुत गुरुङको गोलमा आरसीटीले पहिले अग्रता बनायो । ४२ औं मिनेटमा अभिषेक भोलानले आरसिटीको अग्रता दुगुना गरे। पहिलो हाफकप इन्ज्युरी समयमा च्यासलका अश्विन घोरासैनीले एक गोल फर्काए ।
पहिलो हाफमा आरसिटीले २–१ अग्रता बनायो । गोल फर्काउँदै खेलमा फर्कने संकेत देखाएको च्यासलले ७१ औं मिनेटमा तेस्रो गोल बेहोर्यो । आरसिटीले ३–१ को अग्रता कायम गर्यो।खेलको ८४ औं मिनेटमा आशिष थारुले च्यासलको लागि दोस्रो गोल गरे ।
तर आरसिटी ३–२ को जितका साथ महत्वपूर्ण ३ अंक जोड्न सफल रहयो । आरसिटीले ११ अंक बनाउँदै लिगको नवौं स्थानमा उक्लिएको छ । पराजित च्यासल १४ अंक सहित छैटौं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्