रास्वपाले तीनकुने घटना र वाइडबडी भ्रष्टाचारलाई अन्तर्राष्ट्रियकरण गर्ने

काठमाडौँ, २३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको सांसद पद निलम्बन गरेको विषय, ’तीनकुनेको घटना र वाइडबडीमा भएको भ्रष्टाचार प्रकरणलाई अन्तर्राष्ट्रियकरण गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले बताएका छन । चितवनको भरतपुर गेष्टहाउस चौरमा रास्वपाले शनिबारदेखि शुरुगरेको दुईमहिने जनयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उपसभापति वाग्लेले पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गरेको विषय अन्तर्राष्ट्रियकरण गर्ने बताएका छन् । जनयात्रालाई सम्बोधन गर्दै उपसभापति वाग्लेले बदनीयतपूर्ण ढंगले सभापति लामिछानेको सांसद पद निलम्बन गरिएको भन्दै त्यस विषयलाई अन्तर्राष्ट्रिय फोरममा पु¥याउने बताएका हुन । यत्रो भारी मतले जितेको व्यक्तिको सांसद पद निलम्बन गरियो, सांसदको भूमिका खुम्च्याउन खोजियो ।

 

जेनेभामा रहेको इन्टर पार्लियामेन्ट्री युनियन (आइपियु) लगायतका फोरमहरूमा यो मुद्दा पु¥याउनेछौं,’ उनले भने । उपसभापति वाग्लेले तीनकुने घटना पनि अन्तर्राष्ट्रियकरण गर्ने बताएका छन । ’तीनकुनेको घटनामा सरकारले छानबिन नगरे पनि भोलि तिनीहरूले सभ्य मुलुकको भिसा नै नपाउने गरेर, तिनिहरूलाई ब्ल्याकलिस्ट हुने गरी मुद्दाको अन्तर्राष्ट्रियकरण गर्नेछौं,’ उनले भने ।

त्यति मात्रै होइन वाइडबडीमा भएको भ्रष्टाचार प्रकरणलाई पनि अन्तर्राष्ट्रियकरण गर्ने बताए । ’वाइडबडीमा तिनीहरूले खाएको घुसबारे पनि अमेरिकी अदालतमै मुद्दा हालेर तिनीहरूको नाम सार्वजनिकको पहल गर्नेछौं,’ उनले भने ।

त्यसकारण हेप्न, पेल्न र कुल्चन सकिन्छ भने पनि अहिलेको सरकारको अन्तर्राष्ट्रिय हैसियत नभएको उनले उपसभापति वाग्लेले चितवनको जनयात्रा कार्यक्रममा सम्बोधन गर्न नदिनैका लागि पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार राति नै पक्राउ गरिएको आरोप लगाएका छन् । शनिबार चितवनमा आयोजित कार्यक्रममा सहभागी हुन नदिन लामो समयदेखि प्रपञ्च बुनिएको उनले बताएका हुन् ।

उनले भने– ‘सभापतिज्यूले आज केही कुरा राख्ने उद्घोष गर्नुभएको थियो । सायद त्यो कुराले डराएर पनि हुनसक्छ । यो कार्यक्रममा कुनै हालतमा सहभागी हुन नदिन लामो समयदेखि प्रपञ्च बुनिराखेको म बुझ्छु ।’ शुक्रबार साँझ सभापति लामिछानेसँग कुरा हुँदा उनले सर्वोच्च अदालतमा जाने आफूलाई बताएको वाग्लेले सुनाए । उनका अनुसार सो कुराकानीमा लामिछानेले आफूलाई आज नै पक्राउ गर्छ भन्ने नलागेको बताएका थिए ।

‘भोलि चितवनमा सहभागी भएर कहाँ जानुपर्ने हो जान्छु भनेर भन्नुभएको थियो,’ उनले भने, ‘७ बजेतिर फैसला आउने, दुनियाँको ठुलो अपराधीलाई पक्राउन गर्न लागेको जस्तो गरेर, आकाश नै खस्ला जस्तो गरेर धरपकड गरियो । यो असाध्य निन्दनीय छ ।’

आज बुटवल लैजान अघि लामिछानेसँग भएको कुराकानी उद्धृत गर्दै भने, ‘हेर्नुस् के के न बित्यो भनेर ल्यायो । दाल भात खुवाएर राखेका छन्, आज पनि बिदा भोलि पनि बिदा ।’

वाग्लेले उच्च अदालतले रविलाई पक्राउ गर्न भनेर दिएको ७–८ पानाको फैसलामा क्यानडा, हिन्दुस्तानको उदाहरणहरू दिइएको सुनाए । उनले भने, ‘कस्ता कस्ता ट्यालेन्टेड न्यायामूर्तिहरु आएछन् भन्ने लाग्यो । त्यो बहस सकिएको दिन लेख्न सक्ने फैसला नै थिएन । त्यो तानाबाना पहिले नै बुनिएको रहेछ ।’

यसले चितवनमा बोल्न नदिन कानुनराजको धज्जी उडाएको प्रमाणित भएको दाबी उनले गरे । उनले अरूले लोकतन्त्र र गणतन्त्रको खोल मात्र ओढ्ने भए पनि आफ्नो पार्टी विधिको शासन मान्ने पार्टी भएको जिकिर गरे । उनले यही व्यवस्थालाई थप सुदृढ बनाउनुपर्छ भनेर मन वचनले काम गरिरहेको बताए ।

यस्तै,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले ३५ वर्षसम्म देश लुटेकाहरूलाई पाता कसेर जेलभित्र दश दान र बैतर्नी गर्ने आफ्नो पार्टी र सभापति रवि लामिछानेको अन्तिम इच्छा रहेको बताएका छन् । लामिछानेलाई शुक्रबार बूढानीलकण्ठस्थित निवासबाट पक्राउ गर्ने क्रममा प्रहरीले ‘अन्तिम इच्छा के छ ?’ भनेर सोधेको प्रसंग कोट्याउँदै सो कुरा बताएका हुन् ।

चितवनमा आयोजित पार्टीको जनयात्राको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले भने, ‘अन्तिम इच्छा के छ भनेर सोधियो । रवि लामिछाने र पार्टीको अन्तिम इच्छा सुनाउन चाहन्छु । किसानको मुहारमा हाँसो ल्याउने अन्तिम इच्छा छ । युवा पलायन रोक्ने र रोजगारी सिर्जना गर्ने इच्छा छ । दलीयकरण र भ्रष्टाचारविरुद्ध सशक्त आवाज बोकेर विधिको शासन स्थापना गर्ने अन्तिम इच्छा छ । ३५ वर्षसम्म लुटेकाहरूलाई पाता कसेर जेलभित्र दश दान र बैतर्नी गर्ने इच्छा छ ।’

उनले एक जना व्यक्तिलाई ५–७ वर्षदेखि पटक–पटक लखेटिरहेको बताए । उनले टिभीमा हुँदा लखेटेर चितवन लिए पनि चितवनले सशक्त विद्रोह गर्दै न्याय दिलाएको स्मरण गराए ।

‘लखेट्न नहुनेलाई लखेटिरहेको छ । विगतमा लखेट्दा देशको चौथो ठुलो पार्टी र रविलाई देशको उपप्रधान र गृहमन्त्री बनाइयो,’ उनले भने, ‘तिनीहरूलाई हेक्का छैन । न्यायालयको प्रक्रिया र आदेशलाई मान्छु भनेर न्यायालयप्रति हार्दिकता देखाउँदा पनि साढे ७ बजे आदेश १० बजे पक्राउ गर्नुपर्ने, त्यो पनि गुण्डागर्दी शैलीसँगै, बेडरुमसम्म पुगेर दुव्र्यवहार गरियो ।’

प्रहरीको शैलीको विरोध गर्दै उनले गृहमन्त्रीलाई खबरदारी गरे । रविको मुटुमा रगत नभएर तेजाब रहेको र यसले उनीहरूलाई जलाउने चेतावनी पनि दिए । ‘दियो मसाल बनेको छ, डढेलो लागेको छ, ८४ मा तिमीहरू खाक बन्दैछौँ,’ उनले भने ।

उनले सिमराबाट फर्कँदा विमानमा रवि लामिछानले भनेको कुरा उद्धृत गर्दै भने, ‘सभापति नहुँदा खल्लो भएको छ । १५ मिनेटको फ्लाइटमा सँगै सभापतिज्यूले भन्नुभएको थियो–यो समय पनि बितेर जानेछ, आउने दिन सुनौलो दिन हुनेछ । तर यिनीहरूको यो समय बितेर जान दिनेछैनौँ ।’
यसैगरी,राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ ।

केन्द्रीय सचिवालयको बसेको बैठकले सो निर्णय गरेको हो । उच्च अदालत तुलसीपुर बुटवल इजलासले सो पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेको थियो । सभापति लामिछाने पक्राउ भए लगत्तै सो पार्टीको सचिवालय बैठक बसेको हो । बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ ।

बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्