शहिद स्मारक बी डिभिजन लिगमा च्यासलसँग मध्यपुर युथ पराजित

काठमाडौँ, २० चैत । शहिद स्मारक बी डिभिजन लिगमा च्यासल युथ क्लबले दोस्रो जित निकालेको छ । मध्यपुर युथ एसोसिएसनलाई ४–० को हार चखाउँदै च्यासलले महत्वपुर्ण ३ अंक जोडेको छ ।

एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन् । पहिलो हाफ गोलरहित बराबरीमा सकियो ।
दोस्रो हाफमा भने मध्यपुरलाई निरिह बनाउँदै च्यासलले चार गोल गर्यो ।

 

खेलको ५६ औं मिनेटमा सुबाष बमले तीन डिफेन्डरलाई छक्याउँदै दिएको उत्कृष्ट पासमा आशीष थारूले गोल रक्षक सौरव विक्रम कार्कीलाई बिट गर्दै गोल गरे । यसको ३ मिनेटपछि च्यासलले अग्रता दोस्रो पर्यो । निरज कार्कीले बक्सभित्रबाट पहिलो बारमा गोल गरे ।

चार मिनेट भित्र च्यासले दुई गोल गर्यो । मध्यपुर भने निरिह बन्यो । खेल सकिन १ मिनेट बाकी छँदा सब्स्टिच्युट खेलाडी सुजन विश्वकर्माले प्राप्त थ्रु बलमा हेड गर्दै उत्कृष्ट शैलीमा बललाई कन्ट्रोल गर्दै सुन्दर गोल गरे ।

च्यासल यतिमा मात्र रोकिएनन् । इन्जुरी समयको पाँचौं मिनेटमा सुपर सब सुजन विश्वकर्माको सटिक पासमा अनमार्क रहेका कुशल देउवाको ट्याप इनले जाली चुम्यो ।

योसँगै च्यासलले ४–० को सानदार जित हात पार्यो । चार खेलपछि २ जित १ हार र १ बराबरी नतिजामा च्यासलले ७ अंक बनाएको छ । मध्यपुरको भने यो दोस्रो हार हो । उसँग ४ अंक रहेको छ । आजदेखि चौथो चरणको खेल सुरू भएको हो ।

प्रतिक्रिया दिनुहोस्