काठमाडौं, १७ वैशाख । बुधबार काठमाडौंको कमलादीबाट पक्राउ परेका चौधरीलाई थुनामुक्त गर्न सर्वोच्चले प्रहरीलाई पत्र पठाएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ।
मुद्दा विचाराधीन भएकै अवस्थामा एक शाखा अधिकृतबाट शंकास्पद हिसाबले पत्र जारी भएको देखियो, त्यसमाथि हामी छानबिन गर्दैछौं,’ सर्वोच्च अदालत उच्च स्रोतले भन्यो, ‘यस्तो अवस्थामा त्यो पत्रले वैधता पाउँदैन ।
साथै चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका मुद्दा तथा रिट महाशाखाका महिमान सिंह विष्ट नियन्त्रणमा छन्।रेशम चौधरीलाई थुनामा पठाउन भन्दै पत्र लेख्ने सर्वोच्चका कर्मचारी विष्टलाई कारबाही गर्ने तयारी भएको छ । बिस्टकै नामबाट प्रेषित पत्रका आधारमा प्रहरीले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागारमा चलान गरेको थियो ।
यसअघि सर्वोच्च प्रशासनको बैठकमा विष्टसँग पत्र लेख्नुको आधार सोधिएको थियो । उनले आफ्नै विवेकले पत्र लेखेको बयान दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्