दि कोर क्याम्प सिनियर टिम अभ्यास म्याचमा नेपाल रातो र नेपाल नीलो विजयी

 

काठमाडौँ, १७ वैशाख । दि कोर क्याम्प सिनियर टिम अभ्यास म्याचमा नेपाल रातो र नेपाल नीलो विजयी भएका छन । मंगलबार मुलपानी मैदानमा भएको खेलमा नेपाल रातोले नेपाल पहेंलोलाई ८ विकेटले हराएको छ ।

जितको लागि १ सय ५९ रनको सहज लक्ष्य नेपाल रातोले २९ .४ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो।ओपनर त्रितराज दास र अर्जुन साउदले राम्रो सुरय दिलाए । उनीहरुले पहिलो विकेटको लागि ८५ रनको साझेदारी गर्दै जितलाई सहज बनाए ।

त्रितराज २९ रनमा आउट भए । शुभ कंशकार ३० रनमा आउट भए । अर्जुनले ९६ बल खेल्दै १२ चौका र १ छकमका सहित अविजित ८६ रन जोड्दै टिमलाई ८ विकेटको रवाफिलो जित दिलाए । बलिङमा अविनाश बोहरा र अजय चौहानले १÷१ विकेट लिए ।

त्यसअघि माथिल्लो मुलपानी मैदानमा टस जितेर नेपाल रातोले फिल्डिङ रोज्यो । पहिले ब्याटिङ गरेको नेपाल पहेंलोले निर्धारित ४७ ओभरको खेलमा ४०.१ ओभरमा अल आउट हुँदै मात्र १ सय ५८ रन बनायो ।

नेपाल पहेंलो ब्याटिङमा चुक्यो । ब्याटिङमा अत्यन्त फितलो प्रदर्शन गर्दा २५ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो । दीपेन्द्र सिंह ऐरी मात्र क्रिजमा टिके । उनी एक्लैले इनिङ्स सम्हाले । उनलाई अन्य कुनै पनि खेलाडीले साथ समेत दिन सकेनन् ।

चौथो क्रमका दीपेन्द्रले १ सय ८ बल खेल्दै १० चौका सहित अविजित ९० रन बनाए । रूपेश कुमार सिंहले १६ रन बनाए । यी दुई बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रन छुन सकेनन् । नेपाल पहेंलोलाई १ सय ५८ रनना समेट्न नन्दन यादवले ३ तथा प्रतिश जिसीले २ विकेट लिए ।

यसैगरी, दि कोर क्याम्प सिनियर अभ्यास म्याच नेपाल नीलोले नेपाल हरियोलाई ६४ रनले हराएको छ । जितको लागि २ सय २३ रनको लक्ष्य पछाएको नेपाल हरियो ४०.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ५८ रनमा समेटियो ।

ओपनर अर्जुन कुमाल १४ रनमा र इशान पाण्डे बिना कुनै रन आउट भए । २ विकेटको नोक्सानीमा टिमले ३६ रन मात्र बनायो । यसपछि आशिफ शेख र आकाश त्रिपाठीले तेस्रो विकेटको लागि ५५ रनकि साझेदारी गरे ।

आशिफ ५६ रन जोडेर आउट भएपछि अन्य खेलाडी क्रिजमा जम्न सकेनन् । आकाशले ३७ रन र सोमपाल कामी अविजित २४ रनना रहे । चार खेलाडी बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रन छुन सकेनन् । बलिङमा युवा बलर युवराज खत्रीले ९ ओभरमा २८ रन दिएर ४ विकेट लिए । कुशल मल्लले २ विकेट आफ्नो नाममा लेखाए ।

यसअघि तल्लो मुलपानी मैदानमा नेपाल नीलोले टस जित्दै पहिले ब्याटिङ गर्यो । निर्धारित ४५ ओभरको खेलमा ९ विकेट गुमाउँदै २ सय २९ रनको योगफल खडा गर्यो । ओपनर अनिल कुमार शाह र सकिब हकले पहिलो विकेटको लागि ५४ रनको साझेदारी गरे ।

अनिल ३१ रनमा आउट भए।लगतै सकिब १९ रनमा, कप्तान रोहित पौडेल मात्र ६ रनमा, प्रज्वल थापा ३ रनमा र कुशल मल्ल पनि १ रनमा आउट हुन पुगे । १ सय २० रन बनाउँदा नेपाल नीलोले ५ विकेट गुमायो ।

तेस्रो क्रमका देव खनाल र सातौं क्रमका गुल्सन झाले छैटौं विकेटको लागि ५३ रनको साझेदारी गरे । ८३ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गर्दै देवले टिमको लागि सर्वाधिक ७७ रनको इनिङ्स खेले । गुल्सनले ४२ रन जोड्दा करण केसीले २४ रन जोडे ।

बलिङमा सागर ढकालले ९ ओभर बलिङ गर्दै २७ रन मात्र दिएर ३ विकेट लिए । रसिद खानले २ विकेट झारे ।

प्रतिक्रिया दिनुहोस्