काठमाडौं, १६ वैशाख । गोदावरी नगरपालिकाको आयोजनामा दोस्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगिता शनिवारबाट सुरु हुने भएको छ ।
काठमाडौ उपत्यकामा रहेका २१ पालिकामध्ये हालसम्म आयोजक गोदावरी सहित ११ वटा पालिकाको सहभागिता निश्चित भइसकेको गोदावरी नगरपालिकाका खेलकुद संयोजक एवं वडा नम्बर १४ का वडा अध्यक्ष निरोज बज्राचार्यले आइतवार पत्रकार सम्मेलनमा जानकारी दिए ।
काठमाडौ, ललितपुर महानगरपालिकासहित कीर्तिपुर, चन्द्रागिरी , दक्षिणकाली र तारकेश्वर, आयोजक गोदावरी, महालक्ष्मी, चाँगुनारायण नगरपालिका तथा बागमती र कोन्ज्योसोम गाउँपालिकाको सहभागिता निश्चित भइसकेको छ ।
प्रतियोगिताको विजेता टोलीले ५ लाख र दोस्रो टोलीले३ लाख रुपियाँ प्राप्त गर्ने नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिए ।
अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले स्थानीय स्तरका खेलाडीलाई राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय स्तरसम्म पुर्याउने अवसर सिर्जना गर्न र निर्माणाधिन गोदावरी बहुउदेश्यीय रंगशालालाई सबैतीर चिनाउन नगरपालिकाको आठौं स्थापना दिवसको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्