काठमाडौँ, ९ वैशाख । भूइँ मान्छेले गर्ने सङ्घर्ष र उसको अपेक्षामा नेपाली चलचित्र ‘कार्की साइँला’ बन्ने भएको छ । सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्र मूहुर्त गर्दै निर्देशक राजेन्द्र बस्नेतले आगामी वैशाख २० गतेदेखि छायाङ्कन सुरू हुने जानकारी दिए ।
उनले भने, “ग्रामीण जीवनमा रहेका एक परिवारको कथालाई चलचित्रमा समेट्ने छौँ । यो एउटा भरियाको कथा हो, भूइँ मान्छेले गर्ने सङ्घर्ष र उसको अपेक्षालाई चलचित्रमा प्रस्तुत गर्नेछौँ ।” चलचित्रमा जीतु नेपाल, वर्षा सिवाकोटी, गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर, मनिल तामाङलगायात कलाकारले अभिनय गर्दै छन ।
राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्ममा जितु र वर्षासहित गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर, मनिल तामाङ लगायतको अभिनय रहनेछ । कर्ण बहादुर फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ र निर्माता बालकुमार राई हुन् । कार्यकारी निर्मातामा राजु श्रेष्ठ छन् ।
अजित लामिछानेको पटकथा तथा संवाद रहेको फिल्ममा छायांकन डम्बर बहादुर राई, द्वन्द्व निर्देशन राजु किराँती, संगीत बाबुल गिरि, गीत जीवननाथ गौतम र नृत्य निर्देशन कमल राईको रहनेछ ।
अभिनेता नेपालले आफ्नो लागि फरक र चुनौतीपूर्ण भूमिका यस चलचित्रमा रहेको बताए । “पछिल्लो समय दर्शकले रुचाइरहनु भएको विषय प्रधान चलचित्र बन्ने छ । यसमा मैले गरिरहेको भूमिका भन्दा फरक रूपमा आफूलाई प्रस्तुत गर्दैछु”, अभिनेता नेपालले भने ।
कर्णबहादुर फिल्मस् प्रालिले निर्माण गर्ने चलचित्रमा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता र बालकुमार राई निर्माता हुनहुन्छ ।
प्रतिक्रिया दिनुहोस्