काठमाडौं, १५ चैत । समाजवादी मोर्चाको विशाल जनप्रदर्शन जनसभामा परिणत भएको छ । काठमाडौंमा शुक्रबार समाजवादी मोर्चाले प्रदर्शन गरेको छ । विभिन्न ठाउँबाट ¥यालीसहित अघि बढेको प्रदर्शन रत्नपार्क–भद्रकाली क्षेत्र पुगेर जनसभामा परिणत भएको हो ।
सभामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्नेछन् । गणतन्त्रका पक्षमा समाजवादी मोर्चाले प्रदर्शन र जनसभा गरेको हो ।
साथै सरकारका गलत कदमविरुद्ध खबरदारी गर्न पनि समाजवादी मोर्चाले प्रदर्शन र जनसभा गरेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्