प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा काठमाडौं जिल्ला विजयी

काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा काठमाडौं जिल्लाले पहिलो जित दर्ता गरेको छ ।
बिहीबार मुलपानीमा भएको खेलमा सोनु देवकोटको अलराउण्ड प्रदर्शनसँगैकाठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो ।

काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो । त्रिविका लागि लक्की कठायतले ३० बलमा ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

काठमाडौंका लागि सोनु देवकोटाले ३, कप्तान प्रतिश जिसीले २ र मोन्सन सिंहले १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको काठमाडौं ४९.४ ओभरमा ४ सय १० रनमा समेटियो । काठमाडौंका लागि प्लेयर अफ द म्याच समेत भएका सोनुले ४५ बलमा सर्वाधिक १ सय ७ रनको जोडे । पृथु बास्कोटाले ८६ बलमा ८८ र प्रशिद्ध जैसीले ६८ बलमा ५९ रन बनाए ।

 

त्रिविका लागि अशोक बोहराले ३ तथा सन्तोष चन्द र नवीन पाठकले समान २ विकेट लिए । आजै चितवनमा भएको खेलमा मकवानपुरले लगातार दोस्रो जित हात पार्ने क्रममा नुवाकोटविरुद्ध सहज १ सय ४८ रनको सहज जित दर्ता गर्यो । पहिलो खेलमा मकवानपुरले चितवनलाइ पराजित गरेको थियो । मकवानपुरले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको नुवाकोट १५ ओभरमा ३० रनमा समेटियो ।

नुवाकोटका लागि अभियान बस्नेतले सर्वाधिक १७ रन जोडे । राजेश रिमालले २३ बलमा १४ रन जोडे । मकवानपुरका लागि प्लेयर अफ द म्याच भएका रिजन ढकालले ४ तथा पियुष शर्मा र अषिम श्रेष्ठले समान २ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मकवानपुरले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ११ रनको योगफल तयार गर्यो ।

मकवानपुरका लागि तक्षक सिंखाडाले ६५ बलमा सर्वाधिक ४४ रन जोडे । गौरभ खड्काले ६८ बलमा ४० तथा सुमन सुनारले ९६ बलमा ३७ रन जोडे । नुवाकोटका लागि अजय विक, दीनेश कुमाल र अभिराज यादवले समान २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्