मान्म (कालीकोट), २५ माघ : कालीकोटबाट एक गर्भवतीको हवाई उद्धार गरिएको छ । पलाँता गाउँपालिका–७ की केस्पुरा बम शाहीको आज हेलिकोप्टरमा उद्धार गरिएको हो ।
पलाँता गाउँपालिका–७ आधारभूत अस्पतालमा उपचार हुन नसकेपछि शाहीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत हवाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक धनप्रसाद न्यौपानेले बताउनुभयो । गर्भवतीको अवस्थामा जोखिम नआओस् भनेर राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत शाहीको उद्धार गरिएको उहाँले बताउनुभयो ।
शाहीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारयणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खबर पाउनासाथ नेपाली सेनाको हेलिकोप्टरबाट शाहीको हवाई उद्धार गरिएको हो ।”
प्रतिक्रिया दिनुहोस्