काठमाडौँ, १० मङ्सिर । नेपाली गल्फको व्यावसायिक टुर सूर्य नेपाल गल्फ टुर २०२४–२५ (आज)सोमबारदेखि सुरु हुदैछ ।
गोकर्ण गल्फ क्लबमा सूर्य नेपाल सेन्ट्रल ओपनीङसगै नयाँ सिजन सुरुवात हुने भएको हो ।
४ दिन चल्ने प्रतियोगितामा ३३ जना व्यावसायिक र करिब १२ जना एमेच्योर सहभागिता रहने अपेक्षा गरिएको छ । शीर्ष २१ प्रो र ६ एमेच्योरले मात्र कट पार गरेर अन्तिम ३६ होल खेल्नेछन् ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैंया पाउनेछन् । उपविजेताले १ लाख र तेस्रो हुनेले ७५ हजार प्राप्त गर्नेछन् । कट पार गर्ने प्रोले नगद पुरस्कार पाउनेछन् । नेपाल नम्बर १ एमेच्योर तथा यस प्रतियोगिताका साविक विजेता सद्भाव आचार्य यसपटक दावेदारको रूपमा रहनेछन् । भुवन नगरकोटी, निरज तामाङ, धनबहादुर थापा, संजय लामाको पनि दावेदारीमा छन् ।
टुर अन्तर्गत यस सिजन ८ प्रतियोगिता हुनेछ । कुल पुरस्कार रकम ६७ लाख ३२ हजार रूपैंया रहेको छ । टुरमा ३ ह्यान्डिक्याप भन्दा कम रहेका एमेच्योरले खेल्न पाउनेछन् । प्रोफेसनल गल्फर संघ नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले १७ औं वर्षसम्म सहकार्य गर्न पाएकोमा सूर्य नेपाललाई धन्यवाद दिए ।
उनले यस टुरले गल्फको स्तरोन्नतिमा सहयोग पुर्याइरहेको बताए ।संघका महासचिवले पनि व्यावसायिक गल्फको निरन्तरताले एमेच्योरलाई ठूलो सहयोग पुगेको बताए । नेपाल गल्फ संघसँग पनि यसका लागि निरन्तर सहकार्य भइरहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्