एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठन हुने

 

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री  प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठन हुने जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘पुरानो सेट सबै चेन्ज हुन्छ ।

एमाले र रास्वपासहित मन्त्रिपरिषद पुनर्गठन हुन्छ ।’ मन्त्रिपरिषद पुनर्गठनका लागि प्रधानमन्त्री प्रचण्डले दलहरुसँग मन्त्री बन्नेहरुको नाम मागेको जानकारी पनि उनले दिए । स्रोतका अनुसार, अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएको छ ।नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र जनता समाजवादी पार्टी ९जसपा० बाट एकरएक जना मन्त्री बन्दैछन् ।

प्रतिक्रिया दिनुहोस्