विशेष रक्तदान कार्यक्रममा ४३ जनाद्वारा रक्तदान

ललितपुर, २८ पुस  । अभिबादन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे सामाजिक उत्तरदायित्व अन्तर्गत आज रक्तदान कार्यक्रमकाे आयाेजना गरियाे । स्थानीय स्कूल चाेक,थसि वडा नम्बर ६ स्थित कार्यालय प्रङ्गणमा आयाेजित उक्त विशेष रक्तदान कार्यक्रममा प्रमुख आतिथ्यता नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपालकै सर्वाधिक रक्तदाता,”रक्तदाता सम्राट”,”राष्ट्रिय रक्त नायक” “रगत महानायक” लगायत अन्य बिभिन्न बिभूषणबाट बिभूषित स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यकाे रहेकाे थियो ।

प्रमुख अतिथि कर्माचार्यद्वारा रक्त संकलन थैली हस्तान्तरण गरि उद्घाटन गरिएकाे साे कार्यक्रममा अतिथिहरू क्रमश: नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखाका सचिब राजन महर्जन,नेपाल स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगर वडा नम्बर ६ का अध्यक्ष एवं जिल्ला सदस्य दशबहादुर महर्जन रहनुभएकाे थियो ।
स्वास्थ्य उप-समितिका संयाेजक सुदर्शन महर्जनकाे संयाेजन रहेकाे साे कार्यक्रमकाे सभापतित्व अभिवादन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष किशाेर महर्जनले गर्नुभएको उक्त रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि ४३ जना रक्तदाताहरूले रक्तदान गर्नुभएकाे थियो ।

सहभागी स्वयंसेवी रक्तदाताहरूलाई कार्यक्रमका प्रमुख अतिथि र सभापतिले क्रमशः प्रमाण-पत्र  प्रदान गर्नुभएको थियो । कार्यक्रम पश्चात् आयाेजकहरू बीच रगत र रगतबाट तयार पारिने रक्त-तत्वहरूकाे महत्त्व बारे प्रमुख अतिथि कर्माचार्यले अन्तरक्रिया मार्फत जिज्ञासाहरू मेटाउनुका साथै रक्तदान कार्यक्रमलाई बार्षिकमा मात्र सिमित नराखि कम्तीमा पनि ६ महिनाकाे अन्तरालमा भएपनि आयाेजना गरिदिनु हुन गरिएको आग्रहलाई सहकारीका अध्यक्ष किशाेर महर्जनले सहर्ष स्विकार्नु भयाे ।

प्रतिक्रिया दिनुहोस्