राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी, एपिएफ र आर्मी विजयी

 

सुर्खेत, २५ पुस । सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश, एपिएफ र आर्मी विजयी भएका छन । गण्डकी प्रदेश सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा मंगलबार लिग चरणको अन्तिम खेलमा घरेलु टोली कर्णाली प्रदेशलाई‌ ३–० ले हराउँदै गण्डकी समूह ‘बी’ को उप विजेता बनेको छ ।

लिग चरणमा तेस्रो जित दर्ता गर्ने क्रममा गण्डकीले कर्णालीलाई २५–२१,२५–२१ र २५–२१ ले हराएको थियो। गण्डकीले कर्णालीविरुद्धको खेलमा मुख्य खेलाडीहरुलाई आराम दिएको‌ थियो।गण्डकीले ४ मध्ये ३ खेल‌ जित्दै ९ अंक जोड्यो भने अपराजित रहेको समूहको “बी’ को विजेता त्रिभुवन आर्मी क्लबले १२ अंक बटुल्यो । कर्णालीसँगै समूह ‘बी’ बाट सुदूरपश्चिम र मधेश प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन् ।

अब बुधबार हुने पहिलो सेमिफाइनलमा गण्डकीले समूह ‘ए’ को विजेता एपिएफको‌ सामना गर्नेछ । दोस्रो सेमिफाइनल नेपाल पुलिस क्लबले र आर्मीबीच हुनेछ । मंगलबार कोशीलाई‌ ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस समूह ‘ए’ को उप विजेता बनेको छ । लिग चरणको तेस्रो खेल जित्ने क्रममा पुलिसले कोशीलाई २५–१५,२५–१९ र २५–११ ले हराएको थियो । कोशी यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो । पुलिसले साविक विजेता एपिएफसँगको खेल गुमाएको थियो ।

समूहमा पुलिसले ३ खेल जित्दै ९ अंक जोड्दा विजेता एपिएफले सबै खेलमा सफलता हासिल गर्दै १२ अंक बटुल्यो । मंगलबार एपिएफ र आर्मी आ आफ्नो समूहको विजेता बनेका थिए । त्यसअघि समूह ‘ए’ मा एपिएफले बागमती प्रदेशलाई‌ र समूह ‘बी’ आर्मीले मधेशलाई समान ३–० ले हराउँदै आ आफ्नो समूहका विजेता हुन् । प्रतियोगिताका‌ अपराजित यी दुई टोली सोमबार नै सेमिफाइनल पुगिसकेका थिए ।

दिनको पहिलो खेलमा एपिएफले बागमतीलाई २५–७,२५–१८ र २५–१३ ले हराएको थियो ।
दिनको दोस्रो खेलमा आर्मीले मधेशलाई २५–२०, २५–१९ र २५–१४ ले पराजित गरेको थियो । एपिएफ र आर्मी दुबै टोली मंगलबारको खेलमा आफ्नो पहिलो रोजाइका खेलाडीलाई‌ आराम दिएको‌ थियो । लिगका सबै ४ खेल हार्नेमा बागमती एक्लो टोली रह्यो । एपिएफ, पुलिस, कोशी र लुम्बिनी प्रदेश कुनै पनि टोली विरुद्ध बागमतीले एक‌ सेट पनि जित्न सकेन । नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल बिहीबार हुनेछ ।

यसैगरी, नेपाल‌ पुलिस क्लबले सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा‌ अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबको‌ सामना गर्ने भएको छ । वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा मंगलबार कोशी प्रदेशलाई‌ ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस समूह ‘ए’ को उप विजेता बनेको छ । लिग चरणको तेस्रो खेल जित्ने क्रममा पुलिसले कोशीलाई २५–१५,२५–१९ र २५–११ ले हराएको थियो । कोशी यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो । पुलिसले साविक विजेता एपिएफसँगको खेल गुमाएको थियो ।

मंगलबार एपिएफ र आर्मी आ आफ्नो समूहको विजेता बनेका छन् । वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा मंगलबार समूह ‘ए’ मा एपिएफले बागमती प्रदेशलाई‌ र समूह ‘बी’ आर्मीले मधेशलाई समान ३–० ले हराउँदै आफ्नो समूहका विजेता हुन् ।

प्रतियोगिताका‌ अपराजित यी दुई टोली सोमबार नै सेमिफाइनल पुगिसकेका थिए। दिनको पहिलो खेलमा एपिएफले बागमतीलाई २५–७,२५–१८ र २५–१३ ले हराएको थियो । दिनको दोस्रो खेलमा आर्मीले मधेशलाई २५–२०, २५–१९ र २५–१४ ले पराजित गरेको थियो । एपिएफ र आर्मी दुबै टोली मंगलबारको खेलमा आफ्नो पहिलो रोजाइका खेलाडीलाई‌ आराम दिएको‌ थियो । लिगका सबै ४ खेल हार्नेमा बागमती एक्लो टोली रह्यो ।

एपिएफ, पुलिस, कोशी र लुम्बिनी प्रदेश कुनै पनि टोली विरुद्ध बागमतीले एक‌ सेट पनि जित्न सकेन । यसअघि ३ खेलमा गण्डकीले २ खेल र कर्णालीले १ खेल जितेको थियो । कर्णालीले सोझो सेटले जित्ने बाहेक सबै खाले नतिजाले गण्डकी सेमिफाइनल पुग्नेछ । समूह ‘बी’ को‌ उपविजेताले बुधबार हुने पहिलो सेमिफाइनलमा एपिएफको सामना गर्नेछ । नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल पुस २६ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्