पुष २७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘चित्रा’ को ट्रेलर सार्वजनिक

काठमाडौं, १९ पुस । पुस २७ गतेबाट प्रदर्शनमा आउन लागेको घनश्याम लामिछानेद्वारा निर्देशित फिल्म ‘चित्रा’को एक्सन केन्द्रित ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ४८ सेकेण्ड लम्बाईको ट्रेलरमा पारिवारिक कथाको पृष्ठभूमिमा एक्सन र प्रेम बुनिएको छ । फिल्मको मूल द्वन्द्व ट्रेलरमा प्रष्ट रुपमा नखुलाइए पनि बाबु–छोरीको सम्बन्धको कथा वरिपरि फिल्मको दृश्यभाषा निर्माण गरिएको बुझ्न सकिन्छ ।

फिल्ममा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे, शुभेच्छा खड्का, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल आदिको अभिनय छ । ‘आमा’ फिल्मका सह–निर्माता समेत रहेका सन्तोषले यही फिल्मबाट अभिनयमा डेब्यू गरेका हुन् । ट्रेलरमा उनको एक्सनले ध्यान खिच्छ ।

आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी स्वयं कार्यकारी निर्माता रहेको फिल्ममा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा, राजनराज सिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, महेश पौडेलको छायांकन, शैलेश श्रेष्ठको पार्श्व संगीत तथा बनिश शाह र सन्देश शाहको सम्पादन छ । फिल्मको अष्ट्रेलिया प्रदर्शन अधिकार अविनास रोका मगरले खरिद गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्