नेपाल सुपर लिग २ मा पोखरा थन्डर्ससँग वीरगन्ज फुटबल क्लब पराजित

 

काठमाडौं, ३० मंसिर । नेपाल सुपर लिग २ अन्तर्गत पोखरा थन्डर्स शनिबारको पहिलो खेलमा वीरगन्ज युनाइटेड फुटबल क्लबलाई हराउँदै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार दशरथ रंगशालामा पोखराले वीरगन्जलाई २–१ ले पराजित गरेको हो । पहिलो हाफमा लिएको अग्रता नै पोखराको तेस्रो जितका लागि पर्याप्त रह्यो । पोखराका मोजेस ग्याबा र जो आइदुले १–१ गोल गरे ।

आइकिन्स बफोरले वीरगन्जका लागि बराबरी गोल गरेका थिए ।पोखरा ६ खेलमा ११ अंक जोड्दै दोस्रो स्थानमा उक्लँदा वीरगन्ज ६ खेलमा ५ अंकका साथ पुछारबाट दोस्रोमा छ । वीरगन्जले गत खेलमा इलामविरुद्ध पराजित भएको सुरुवाती ११ मा दुई परिवर्तन गरेको थियो । जादजे गुस्ताभोको स्थान दिवाकर चौधरीले लिदा भिषण गुरुङको स्थानमा जय गुरुङ आए । यस्तै पोखराले एक परिवर्तन गर्दै सन्जीव विष्टको स्थानमा दिपेश आले मगरलाई उतारेको थियो ।

खेलको छैठौं मिनेटमा नै पोखराले खेलमा अग्रता लियो । आयुष घलानले बक्सको दायाँ पट्टी बाट गरेको क्रसमा स्टेफन अन्नोरले दिएको पासमा मोसेस ग्याबाको प्रहार ब्लक भएपछि बक्सको छेउबाट जो आइडुले गरेको प्रहारमा वीरगन्जका गोलरक्षक दीप हेरेर मात्र बसे । ११ औं मिनेटमा नै वीरगन्जले खेलमा बराबरी गोल गर्यो । सुशील लामाको क्रसमा डिफेन्डर आइकिन्स बफुरले हेडर गोल गर्दै खेलमा बराबरी गरे । पोखरा गोलरक्षक यभ्स प्रिसोको नजिकैबाट गएको बल उनले बचाउन सकेनन् । १६ औं मिनेटमा सुरज जिउ ठकुरीको क्रस दीपले समाउन नसकेपछि बल कर्नरमा लागि गयो तर सुरजकै कर्नर सहजै क्लियर भयो । २१औं मिनेटमा मोसेसले आयुषका लागि गरेको क्रस दिपेन्क राज ठकुरीले क्लियर गरिदिए ।

२८ औं मिनेटमा जो आइडुले मोसेसका लागि खेलेको क्रस बफुरले क्लियर गरिदिए । त्यसपछिको कर्नरमा फ्रान्कलिन टाल्लाको हेडर सिधै दीपको हातमा जान पुग्यो । ४४ औं मिनेटमा पोखराले पुनः खेलमा अग्रता लियो । स्टेफन अन्नोरको क्रसमा हेडर मार्फत गोल गर्दै मोसेसले खेलमा पोखरालाई अघि बढाए ।

५९औं मिनेटमा अभिषेक लामाको क्रसमा स्टेफन अन्नोर बक्स भित्र खाली रहेको अवस्थामा बल नियन्त्रणमा लिन नसकेपछि मौका खेरा गयो । ६८औं मिनेटमा अन्नोरकै बक्स बाहिरबाट लिएको प्रहार पोस्टको निकै टाढाबाट बाहिरियो । ७१औं मिनेटमा वीरगन्जका विवेक चौधरीको प्रहार प्रिसोले बचाए । सीमान्त थापाको लामो थ्रो–इन विलियम ओपोकुले फ्लिक गरेपछि विवेकको लागि सिर्जना भएको अवसरमा उनको प्रहार प्रिसोले बचाए ।

८३औं मिनेटमा पोखराले अग्रता बढाउने ठूलो अवसर खेरा फाल्यो । पदम तामाङको थ्रु पासमा अन्नोरले बफुरलाई बिट गर्दै सन्जीव विष्टका लागि खेलेको पासमा उनले खाली पोस्टमा गोल गर्न सकेनन् । ८८औं मिनेटमा आइडुको प्रहार दीपले बचाउ पोस्ट पछाडि फालिदिए । त्यसपछिको कर्नर भने सिधै दीपको हातमा जान पुग्यो ।शनिबार हुने दोस्रो खेलमा स्पोर्टिङ इलाम र चितवन एफसी खेल्नेछन् । खेल दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्