तुलसीपुर (दाङ), १८ मङ्सिर । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको तुलसीपुर–१९ विजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको अवलोकन गर्नुभएको छ । त्यस अवसरमा मन्त्री मास्कीले आयुर्वेदलाई समयसापेक्ष बनाउनुपर्ने बताउनुभयो ।
उहाँले एलोपेथिकभन्दा आयुर्वेद उपचार पद्धति न पहिले जन्मेको भन्दै यसलाई व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । “आयुर्वेदिक पुरानो उपचार विधि हो”, उहाँले भन्नुभयो, “यसलाई समयसापेक्ष बनाउन आवश्यक छ ।”
उक्त अस्पताललाई ५० शय्याको बनाउने गरी प्रक्रिया अघि बढाएको समेत मन्त्री मास्कीको भनाइ छ । त्यसका लागि आवश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गर्नेतर्फ आफू लागिरहेको उहाँले बताउनुभयो । हाल अस्पतालमा दैनिक एक सयजनाले सेवा लिइरहेको अस्पतालका निर्देशक डा सन्तोष ठाकुरले जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्लो समय आयुर्वेद पद्धतिबाट उपचार गर्नेहरु बढिरहेका छन् । अस्पतालमा हाल व्यायामशाला, अग्नि कर्म, जलौका कर्म, नियमित योगा, पञ्चकर्म, फिजियोथेरापीलगायत सेवाहरू रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्