सुपर लिगको दोस्रो संस्करणमा लुम्बिनीसँग इलाम २–१ ले पराजित

काठमाडौँ, १७ मंसिर । नेपाल सुपर लिगको दोस्रो संस्करणमा लुम्बिनीसँग इलाम २–१ ले पराजित भएको छ । खेलको अन्तिम समयमा मार्की खेलाडी एरिक विष्टको उत्कृष्ट फ्रिकिक गोलको मद्दतले बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिगको दोस्रो संस्करणमा स्पोर्टिङ इलामविरुद्ध २–१ को जित हासिल गरेको हो ।

खेल १–१ को अवस्थामा रहेको बेलामा उनले झन्डै ३५ यार्ड टाढाबाट फ्रिकिकमा उत्कृष्ट गोल गर्दै आफ्नो टोलीको पहिलो जित पक्का गराए । खेल अवधिभर इलामले नै खेलमा बढी बल राख्यो र अवसरहरू सृजना गर्यो । दोस्रो हाफको सुरुवातमै गोल खाएको इलामले पेनाल्टी मार्फत बराबरी गर्ने मौका समेत गुमाएको इलामले त्यसपछि भने बराबरी गर्न सफल भयो । तर खेलको अन्त्यतिर एरिक विष्टले उत्कृष्ट गोल गर्दै बुटवलको जित सुनिश्चित गर्यो ।

खेलको सुरुवाती समयमै इलामले केही मौका खेर फाल्यो । दोस्रो मिनेटमा नै इब्राहीम जितेले फोडे कमाराले हेडर पोस्टतर्फ प्रहार गर्न सकेनन् । तेस्रो मिनेटमा कमाराको क्रसमा भरत खवासले पोस्टमा प्रहार गरे। कमाराको लो क्रसमा खवासको प्रयास पोस्टमा लागेर फर्कियो । सातौं मिनेटमा बुटवलका एरीक विष्टको फ्री विकेश कुथुले पन्च गरिदिए । १०औं मिनेटमा इलामका दिपेश घलेको क्रसमा अमाथ एनडवको हेडर पोस्टको माथिबाट बाहिरियो ।

१२औं मिनेटमा बुटवलका सरोज तामाङको फ्रिकिक पुनः विकेशले पन्च गरे । १३औं मिनेटमा बुटवलले ठूलो मौका खेरा फाल्यो । जिलेस्पी जंग कार्कीले बायाँ फ्लांकमा एकल रन बनाएर स्टेफन बिनोङलाई दिएको पास बिनोङले प्रहार नगरी नियन्त्रणमा लिन खोजेपछि मौका खेरा गयो ।

१५औं मिनेटमा बुटवलका आन्द्रे बियिकले क्लियर गर्न खोजेको बल उनकै पोस्ट तर्फ फर्कियो टर एनडवले प्रहार गर्न नखोजेपछि मोहमडुले पन्च गरिदिए । १८औं मिनेटमा दिपेश घलेको अर्को क्रसमा पनि एन्डवको हेडर पोस्ट माथि गयो ।

२६औं मिनेटमा कमाराको पासमा एन्डवको प्रहारले पोस्टको दिशा लिन सकेन । २७औं मिनेटमा उनकै फ्रिकिक पोस्टको केही टाढाबाट बाहिरियो । ३६औं मिनेटमा बुटवलका अशोक थापाको क्रस विकेशले सहजै समाते । ३९औं मिनेटमा इलामका जितेको फ्रिकिक पनि गोलपोस्टको माथिबाट बाहिरियो । ४२औं मिनेटमा बिनोङको भली प्रहारले विकेशलाई समस्या दिन सकेन । ४५औं मिनेटमा मणी कुमार लामाको कर्नरमा बिनोङको हेडर विकेशले बचाए । ४७औं मिनेटमा सर्ज संगको क्रसलाई आशिष गुरुङले क्लियर गरिदिए ।

 

४९औं मिनेटमा बुटवलले खेलमा अग्रता लियो । जिलेस्पी जंग कार्कीले दिपेश घलेको ट्याकल बिट गरेर बिनोङलाई दिएको पासमा उनले सिक्स–यार्ड बक्सको छेउबाट सहजै गोल गरे । ५४औं मिनेटमा संगको क्रसमा । जिलेस्पी पुग्न सकेनन् । ५७औं मिनेटमा इलामले बराबरी गर्ने ठूलो मौका खेरा फाल्यो । कमाराको पासमा एनडवले वान अन वान मौका पाएका थिए तर उनको प्रहार मोहमडुको सिधै जाना पुग्यो।

 

रिबाउन्डमा भने इलामले पेनाल्टीमा बराबरी गर्ने अवसर पायो । बिइकले दिपेश घले माथि फाउल गरेपछि इलामले पेनाल्टी पाएको थियो । तर पेनाल्टीमा कमारा चुके । उनको प्रहार मोहमाडुले बचाए । पेनाल्टीमा गोल गर्न नसकेपनि इलामले लगातार बल आफूसँग राखिरहेको थियो । ६९औं मिनेटमा एनडवको क्रसमा अब्डुल्ज बाले सिक्स यार्ड बक्स भित्रबाट गोल गर्न सकेनन् ।

७५औं मिनेटमा बिनोङ बक्समा लडेपछि बुटवलले पेनाल्टीमा अपील गरेको थियो । तर रेफ्रीले बिनोङलाई नै पहेँलो कार्ड देखाए । ७६औं मिनेटमा बुटवलका गौरव श्रेष्ठले बल क्लियर गर्न खोज्दा बल पोस्टमा लागेर बाहिर गयो । ७७औं मिनेटमा कमाराको प्रहार मोहमडुले बचाएपछि रिबाउन्डमा बाको प्रहार पनि उनले नै बचाए ।
७८औं मिनेटमा भने खेलमा लगातार दवाव बनाइरहेको इलामले बराबरी गर्यो । सन्तोष खत्रीले बक्स बाहिरबाट लिएको प्रहार क्रसबारमा लागेर फर्किएपछि रिबाउन्डमा अब्डुल्ज बाले सहजै गोल गरेका थिए ।

 

८३औं मिनेटमा बुटवलका बिइकको हेडरले पोस्टको दिशा लिन सकेन । ८६औं मिनेटमा इलामका नवीन लामाको फ्रिकिक मोहमडुले बचाए । ८८औं मिनेटमा भने एरीक विष्टले उत्कृष्ट फ्रिकिक गोल गर्दै बुटवलका लागि जित सुनिश्चित गरे । करिब ३५ यार्ड टाढाबाट उनले विकेश कुठुको बायाँ तर्फको कर्नरमा प्रहार गरेको फ्रिकिक्मा विकेशले प्रयास गरेपनि गोल रोक्न सकेनन् । जित पछि बुटवलले यस संस्करणमा पहिलो अंक समेत हात पारेको छ। बुटवलको तीन खेलमा तीन अंक नै रहेको छ । इलामको पनि तीन खेलमा तीन अंक नै रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्