आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं , २५ कात्तिक । “रक्तदान नियमित काम” ! मूल नाराकासाथ नेपाल शेयरहाेल्डर्स अलायन्सद्वारा तिहार,नेपाल संवत् ११४४ नयाँ वर्ष र वर्तमान अवस्थामा भइरहेको रगतको अभावलाई मध्य नजर राख्दै “आकस्मिक रक्तदान” कार्यक्रमकाे समेत आयाेजना गरि सम्पन्न गरिएको छ।

झीगु इच्छुमती खल: , बागबजा, काठमाडौं महानगरपालिका वडा नं. २८ मा आयाेजित साे कार्यक्रमकाे शुभारम्भ प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं हालै मात्र राष्ट्रिय रक्त नायक र रक्त सम्राट उपाधिबाट बिभूषित,नेपालका सर्वाधिक १७६औं पटक रक्तदान गरिसक्नु भएका स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले प्रथम रक्तदाता सुजन थापालाई रक्त संकलन थैली हस्तान्तरण गरि गरिएको थियोे ।

नेपाल शेयरहाेल्डर्स अलायन्सका का.वा. अध्यक्ष  लवराज जाेशीले सभापतित्व गर्नुभएकाे उक्त कार्यक्रमकाे सञ्चालन सचिव उत्सव सुन्दर श्रेष्ठले गर्नुभएको थियोे भने कार्यक्रमकाे पूर्ण संयाेजन संस्थाका काेषाध्यक्ष देबेन्द्र राईले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस्