मौलिक जरोकिलो पार्टीको कोशी प्रदेश अध्यक्षमा राजकुमार दहाल चयन 

भापा, २४ कात्तिक । । मौलिक जरोकिलो पार्टीको कोशी प्रदेश अध्यक्षमा राजकुमार दहाल चयन हुनु भएको छ । मौलिक जरोकिलो पार्टी कोशी प्रदेशको बिहीबार इटहरी सुनसरीमा सम्पन्न प्रदेश सम्मेलनबाट झापा दमक निवासी उर्जाशील युवा व्यक्तित्व दहाल कोशी प्रदेश अध्यक्षमा चयन हुनु भएको हो ।

यसैगरि उक्त सम्मेलनबाट उपाध्यक्षमा सागरमणि (हरेराम) गौतम , महासचिवमा उमाकान्त सिटौला, सचिवमा रोहित कुमार दुलाल, कोषाध्यक्षमा विज्ञान आचार्च, सदस्यहरूमा नारायण रिजाल, हेमकुमार दाहाल, पुष्पा बाँस्तोला, सीता दुलाल, चन्द्रीका (शारदा) भट्टराई, आशीष विश्वकर्मा चयन हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्