बार्षिकाेत्सवकाे उपलक्ष्यमा रक्तदान कार्यक्रमकाे आयाेजना

काठमाडौँ, १४ कात्तिक । बिज्ञानले सिद्ध गरेकाे तथ्य,सत्य र यथार्थ – हाम्रो शरिरमा प्रत्येक तीन/तीन महिनाकाे अन्तरालमा नयाँनयाँ रगत बन्ने र नष्ट हुने क्रम चलि रहन्छ ।
कहिँ कतै उत्पादन नहुने केवल स्वस्थ ब्यक्ति मात्र यसकाे मूलस्राेत भएकाे हुनाले तपाईं,हामीले रक्तदान नगरे रगत आवश्यक परेका पीडित(बिरामी)हरूलाई रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूकाे उपलब्धता कहाँबाट,कसरी गर्ने त ?
रगत नपाएर पीडित(बिरामी)हरू मृत्युसंग जुढ्दै छट्पटाइ रहने, यता तपाईं,हाम्रो शरिरमा त्यतिकै रगत खेर गइरने,कतै नबुझी,नजानी अप्रत्यक्षरूपमा पाप कर्म त गरेनाैं ? आफूले आफैलाई एकपटक प्रश्न गराैं ।
तसर्थ,
“रक्तदानलाई नियमित काम” बनाऔं !
मूल नाराका साथ नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न/गराउन गरिएको आह्वानलाई सार्थक सिध्द गर्दै साँग्रिला बिकाश बैंकले आफ्नो १९औं बार्षिकाेत्सवकाे उपलक्ष्यमा आज रक्तदान कार्यक्रमकाे आयाेजना गरियाे ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट्” र “राष्ट्रिय रक्त नायक”बाट बिभूषित स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यकाे विशेष उपस्थितिमा आयाेजित उक्त कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ४९ जनाले रक्तदान गर्नुभएको थियोे ।

केन्द्रीय रक्त सञ्चार सेवाद्वारा संकलित साे रक्तदान कार्यक्रम पश्चात् आयाेजक साँग्रिला बिकास बैंकका साहायक कार्यकारी प्रमुख अपूर्व जाेशीलाई  नेपाल रेडक्रस साेसाइटी केन्द्रीय रक्त सञ्चार सेवाका रक्त संकलन टाेली प्रमुख चन्दा गिरीद्वारा धन्यवाद सहित प्रशंसा-पत्र प्रदान गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्